महालक्ष्मी लाईफ इन्स्योरेन्सको ३५ जिल्लामा तालिम तथा अन्तरक्रिया

चैत्र २, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोवार सञ्चालनको १ महिना भित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गर्न सफल भएको छ ।  

२०७५ माघ २७ गतेबाट कारोवार सञ्चालन गरेको नेपालको १९ औं जीवन बीमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको हो । महालक्ष्मीले प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७ को २ वटा जिल्लामा अभिकर्ता तालिम तथा बीमा जागरण कार्यक्रम सञ्चालन गरेको छ ।  

 

null

जीवन बीमा व्यवसायको लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समज्ञ पुर्याउन आवश्यक भएकोले पनि तालिम र जनजागरण अभियान सञ्चालन गरेको बताएको छ । 

एक महिनाको यो कार्यक्रममा हाल सम्म ६,३०० भन्दा बढी व्यक्तिले सहभागिता जनाएका छन् । कम्पनीले २०७५ चैत्र मसान्त सम्म अधिराज्यभरी अभिकर्ता तालिम र बीमा जागरण अभियानलाई निरन्तरता दिने र त्यस पछि बीमा व्यवसाय प्रभावकारी रुपमा सञ्चालन गर्ने कार्यक्रम बनाएको छ । 

कम्पनीले बीमा समितिबाट स्वीकृति लिएको सातै प्रदेशको १३ वटा शाखा तथा उपशाखा तथा उपत्यका भित्रको १० वटा शाखा आउँदो चैत्र मसान्तभित्र सञ्चालन गरिसक्ने तैयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *