मेलम्ची खानेपानी आयोजनाः सिएमसीले सरकारसँग २ अर्ब ५२ करोड मागेको खुलासा
चैत १३, काठमाडौँ । मेलम्ची खानेपानी आयोजना निर्माण गर्ने जिम्मा लिएको इटालियन कम्पनी सिएमसीले सरकारसँग २ अर्ब ५२ करोड माग गरेको खुल्न आएको छ ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबार बसेको बैठकमा राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डेले अध्ययनका क्रममा सिएमसीले भूकम्प र नाकाबन्दीका कारण आफूलाई घाटा भएको भन्दै विभिन्न शिर्षकमा २ अर्ब ५२ करोड माग गरेको जानकारी गराएका हुन् ।
null
समितिले आयोजनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाण्डेलाई दिएको थियो । सिएमसीलाई उक्त रकम तिरेर नेपाल ल्याउनुभन्दा तत्काल अर्को कम्पनीलाई ठेक्का दिनुपर्ने उनको भनाइ छ ।
बुधबार प्रतिवेदन बुझाउँदै सांसद पाण्डेले राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजनाका विषयमा दुई पटक आयोजना गरेको छलफल बैठकमा दुवै पटक खानेपानीमन्त्री विना मगर जवाफ दिन नआएको पनि बताए ।
सो आयोजनाको बाँकी काम सम्पन्न गर्न २ अर्ब ४५ करोड लाग्ने प्रतिवेदनमा उल्लेख छ । सिएमसी कम्पनीको २ अर्ब १० करोड रुपैयाँ सरकारले बैंकबाट जफ्त गरिसकेको छ ।