चलचित्र ‘गरिबी’ युटुुबमा

 

फागुन २१, काठमाडौँ । नेपाली चलचित्र ‘गरिबी’ युटुबमा सार्वजनिक भएको छ । गरिबीको रेखामुनि अभावको जिन्दगी जिउन विवश परिवारको कथामा आधारित यस चलचित्रमा सुरवीर पण्डित, शीतल केसी, सन्तोष केसी, उमेश कार्की, दीपा मगर, प्रजिना पन्त, निर्मला श्रेष्ठ, दिलिप हमाल लगायतका कलाकारको अभिनय रहेको छ । 

चलचित्रको लेखन तथा निर्देशन उमेश कार्कीले गरेका छन् । मनोज राईको छायाङ्कन रहेको चलचित्र ‘गरिबी’ दिवाज् फिल्मस्को ब्यानरमा निर्माण भएको हो । चलचित्रको निर्माता दीपा र प्रजिना रहेका छन् । युटुबमा अपलोड भएको छोटो समयमै चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढिरहेको निर्देशक कार्कीले बताए । 

null

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *