दिवंगत पर्यटनमन्त्री अधिकारीको शव उठाइयो, पोखरा लगिँदै

 

फागुन १७, काठमाडौँ । हेलिकप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शव उनको गृहनगर पोखरा लैजाने तयारी गरिँदै छ । 

श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको दिवंगत मन्त्री रवीन्द्र अधिकारीको शव त्यहाँबाट उठाएर गाडीमा राखिएको छ । उनको शव टुँडिखेलबाट कमलपोखरी, रातोपुल हुँदै गौशालाबाट एयरपोर्ट लगिएको हो । 

null

 

दिवंगत सातै जनालाई राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल लगायतले टुँडिखेलमा पुगेर श्रद्धाञ्जली दिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *