कङ्गोको केसाइ रेल दुर्घटना हुँदा तीसकाे मृत्यु अन्य घाइते

 

चैत ४,  किन्सासा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गोको केसाइमा भएको मालबाहक रेल दुर्घटनामा परी कम्तिमा ३० जनाको मृत्यु भएको यहाँका अधिकारीले सोमबार जनाएका छन् । 

केसाइको प्रहरी स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार आइतबार मालबाहक रेल लिकबाहिर गएपछि भएको दुर्घटनामा यसमा यात्रा गरिरहेका ३० यात्रुको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । घाइते सबै जनाको नजिकै रहेका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । 

null

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यभागमा रहेको रेलको लिक जीर्ण अवस्थामा रहेको र हरेक बर्ष ठूलो सङ्ख्यामा धेरै नागरिकले ज्यान गुमाउने गरेका छन् । कमजोर रेल मार्ग,अत्यधिक यात्रु तथा सामानको भार र चालकको लापर्बाही कङ्गोमा हुने रेल दुर्घटनाका लागि जिम्मेवार मानिने गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *