निक जोनससँग सम्बन्धविच्छेद गर्दैछिन् प्रियंका ?

 

चैत १७, मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस चर्चामा आइरहने जोडी हुन् । 

विवाह अघिदेखिको उनीहरुको चर्चा विवाहपछि पनि उतिकै छ । हलिउडमा समेत आफूलाई स्थापित गर्न सफल अभिनेत्री प्रियंका कहिले प्रेग्नेन्सीका कारण त कहिले पहिरनका कारण भाइरल भइरहन्छिन् । 

null

गत डिसेम्बरमा विवाह बन्धनमा बाँधिएका प्रियंका र अमेरिकी पप गायक निक जोनस यतिबेला पनि चर्चामा आएका छन्, आफ्नो सम्बन्धलाई लिएर । प्रियंकाले आफ्नो बैवाहिक सम्बन्ध राम्रो भएको दाबी गरिरहँदा यतिबेला उनीहरुको सम्बन्धविच्छेदको चर्चा चलिरहेको छ, भारतीय सञ्चार माध्यममा । 

विवाह भएको ४ महिना नबित्दै यी दुईको बीचमा टकराव भएको हल्ला चलेको छ । 

एक भारतीय म्यागाजिनका अनुसार यी दुईको बीच आजभोलि मनमुटाव सुरु भएको छ । र दुवैले छुट्टिने निर्णय लिएका छन् । ‘उनीहरुको बीच हरेक कुरामा लडाईं झगडा हुन्छ । उनीहरुको झगडाको पछाडि हतारमा विवाह हुनु हो’, म्यागेजिनमा उल्लेख छ । 

प्राप्त जानकारी अनुसार निकले विवाहअघि प्रियंका समझदार युवती भएको महसुस गरेपनि विवाहपछि उनको व्यवहार ‘कन्ट्रोलिङ’ रहेको आरोप छ । 

यद्यपि, प्रियंकाका नजिकका साथीभाईले भने यसलाई हल्लाको रुपमा लिएका छन् । उनीहरुको जीवन सुखी र खुशी रहेको उनीहरुको दाबी छ । 

प्रियंका निक भन्दा ११ वर्षले जेठी छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *