कांग्रेस बैठक बस्दै, विवादित निर्णयबारे समिक्षा हुने

 

चैत ५, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सोमबार बसेको बैठकले अनुशासन समिति गठन गरेसँगै आज पनि बैठक बोलाएको छ । 

केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे पुनः बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठकमा सरकारका पछिल्ला विवादित निर्णयहरुका बारेमा समिक्षा हुने बताइएको छ । बैठकमा नेपाल विद्यार्थी संघसहितका भ्रातृ संगठनको महाधिवेशनका विषयमा पनि छलफल र सहमतिको प्रयास हुनेछ । 

null

हिजो (सोमबार) अबेरसम्म बसेको बैठकले भीष्मराज आङदम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको छ । 

पाँच सदस्य रहने अनुशासन समितिको सदस्यमा हाल केन्द्रीय सदस्यद्वय देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बाँकी दुई सदस्य वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नाम दिएपछि पूर्णता दिइने बताइएको छ । 

यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच अनुशासन समिति गठनमा सहमति हुन नसक्दा बैठक बस्दै नबसी स्थगित गरिएको थियो । 

सोमबार पनि केन्द्रीय समिति बैठक बस्नुअघि दुवै पक्षबीच पदाधिकारीस्तरमा समिति गठन सम्बन्धमा सहमतिको प्रयास गरिएको थियो । अनुशासन समितिलाई कांग्रेसमा महत्वका साथ लिइन्छ । 

अनुशासन समिति पार्टीको न्याय निरूपण गर्ने निकाय भएकाले पुराना तथा बरिष्ठ नेताको नेतृत्वमा गठन गर्नु पर्ने अडान लिएको असन्तुष्ट पक्ष आफ्नो अडानबाट पछि हटेकाले आङ्दम्वेकै संयोजकत्वमा समिति बनेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *