भक्तपुरकाे जन्ती बोकेर हेटौँडा हिँडेको बस दुर्घटना, २ जनाको मृत्यु, १७ जना घाइते

  

                                                                            फाइल फाेटाे 

फागुन २८, काठमाडौँ । मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। 

null

भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । बसमा सवार २८ जनामध्ये १७ जना घाइते भएका हुन् । 

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । 

बसमा २८ जना सवार थिए। उद्दारको कार्य भइरहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *