कांग्रेसको दलित संघमा आन्तरीक किचलो

इटहरी । नेपाली कांग्रेसको भातृसंस्था नेपाल दलित संघ सुनसरीमा नेतृत्व छनौटको विषयलाई लिएर किचलो शुरु भएको छ । नेतृत्व सम्बन्धी विवादलाई लिएर संघ भित्र आन्तरिक किचलो शुरु भएको हो । 

गत शुक्रबार नेपाली कांग्रेसका सुनसरी जिल्ला सभापती राजिब कोइराला, संघीय सांसद सिताराम मेहतालगायतले दलित संघको जिल्ला सभापतिमा मदनलाल खत्वेलाई औपचारिक कार्यक्रम बिना कोठे बैठकबाट चुनेपछि विवाद चुलिएको दलित संघ निकट श्रोतले जनाएको छ । 

 

null

कांग्रेसमा लामो समयदेखि सकृय पूराना दलित नेता गजेन्द्र खातीलाई झुक्याएर राजिब कोइराला, सिताराम मेहतालगायतले खत्वेलाई टिको लगाएर सभापति बनाएको भन्दै नेपाल महिला संघको महाधिवेशन प्रतिनिधि सिता भुसाल ठटालले विरोध जनाएकी छन् । 

गजेन्द्रले सुनसरीका सबै निर्वाचन क्षेत्रमा समिति बनाईसक्नुभएको छ । गत माघ ५ गते जिल्ला अधिबेशन गर्ने भनेर मिन विश्वकर्माको अगुवाईमा कार्यक्रम गर्ने तयारी भएको र गजेन्द्रलाई सभापति बन्ने आश्वासन दिईएको भएपनि एकाएक अधिवेशन स्थगित गरिएको थियो । 

मिन विश्वकर्माले पनि गजेन्द्रलाई छक्याएर खत्वेलाई अघि बढाएपछि दलित संघका सदस्यहरु रुष्ट बनेका छन् । कांग्रेसमा देउवा पक्षले जबरजस्ती गरेर साधारणसभा नगरी खत्वेलाई सभापति किन बनाएको रु लोकतन्त्र भनेको यही हो रु भन्दै खातीले सञ्चारकर्मीहरु समक्ष प्रश्न गर्नुभएको छ । चुनाव गरेर जाउँ, जसले जित्छ उही सभापति होस भन्ने आफ्नो माग रहेको खातिको भनाई छ । 

 

खत्वेलाई आँफुहरुले सभापति नमान्ने भन्दै अधिवेशन बोलाएर लोकतान्त्रिक ढंगले दलित संघको जिल्ला समिती बन्नुपर्ने खातीको भनाई छ । नेपाली कांग्रेस इटहरी सभापति हेमकर्ण पौडेललगायतले गजेन्द्र खातीको योगदानबारे सकारात्मक रहेर दलितको सभापति बनाउने भनेपनि राजिब कोइराला र सिताराम मेहताले गजेन्द्रलाई ढाँटेर खत्वे सभापति बनाएकोमा सुनसरी कांग्रेस भित्रका इमान्दार दलितहरुको चित्त दुखेको जनाईएको छ । 

पार्टीका केन्द्रीय नेता ज्ञानेन्द्र कार्की पनि गजेन्द्रको पक्षमा रहेपनि अन्त्यमा खत्वेलाई सभापति बनाइएको भन्दै खत्वेले संगठन निर्माणमा कुनै काम नगरेको र गर्न पनि नचाहेको श्रोतको दावी छ । संगठनमा योगदान दिने मान्छेलाई बाइपास गरेर कांग्रेस नेताहरुले दलितलाई निरास पारेको भन्दै दलित संघ आवद्व बुद्धिजीबीहरुले निराशा ब्यक्त गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *