टुँडिखेलमा सर्वसाधारणदेखि नेतासम्मको घुइँचो

 

फागुन १६, काठमाडौं । हेलिकप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहितलाई आजै टुँडिखेलमा श्रद्धाञ्जली गरिने भनिएपनि पोष्टमार्टम नसकिएकोले स्थगित भएको छ । 

मध्यान्ह ४ बजेसम्म मन्त्री अधिकारी सहित अन्यको शव श्रद्धाञ्जलीको लागि टुँडिखेल ल्याउने कार्यक्रम तय गरिएपछि श्रद्धाञ्जलीका लागि उपस्थित हजारौँ सर्वसाधारण १ बजेदेखि नै टुँडिखेल पुगेका थिए । 

null

कतिपय नेकपाका सांसद समेत टुँडिखेलमा पुगिसकेका थिए । नेकपाका युवा नेता योगेश भट्टराई, घनश्याम भुसाल लगायत श्रद्धाञ्जली स्थलमा पुग्दा सञ्चारकर्मी र सर्वसाधारणबाट घेरिएका थिए । 

श्रद्धाञ्जली स्थलमा उपस्थित सञ्चारकर्मीहरुसँग नेताहरुले मुलुकले एउटा आशालाग्दो जुझारु नेता गुमाएको बताए । 

नेकपाका प्रवक्ता योगेश भट्टराईले मन्त्री अधिकारीको निधनले कम्युनिष्ट आन्दोलनका एक धरोहरको निधन भएको बताए । उनले समृद्ध नेपाल निर्माणको अभियानमा अधिकारीले खेलेको भूमिकाको प्रशंसा गर्दै सार्वजनिक लेखा समितिमा रहँदा अधिकारीले गरेका काम र निर्णय अविस्मरणीय रहेको बताए । 

मन्त्री अधिकारीसहित अन्य दिवंगतहरुको श्रद्धाञ्जली भोली बिहान ८ बजे टुँडिखेलमै हुने कार्यक्रम छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *