पूर्वमन्त्री टकलासहित ७ जनालाई जन्मकैद

 

चैत १४, काठमाडौँ । जिल्ला अदालत धनुषाले जनकपुर बम काण्डका मुख्य अभियुक्त पूर्वराज्यमन्त्री सञ्जय शाह टकलासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । 

मिथिला राज्य संघर्ष समितिको आह्वानमा जनकपुरको रामाचन्द चोकमा आन्दोलनको क्रममा भएको बम विष्फोटको मुद्दामा फैसला सुनाउँदै मन्त्री अदालतले टकलासहित ७ जनालाई जन्मकैदको सजाय सुनाएको हो । 

null

न्याययधीश जयशकुमार कटुवालको एकल इजलासले मन्त्री टक्लासहित जयप्रकाश चौधरी, मुकेश चौधरी, सुरेशकुमार कर्ण, राजन मुक्ति भनिने रञ्जित झा, मुकेश कर्ण र जितेन्द्र झालाई जन्मकैदको फैसला सुनाएको श्रेष्तेदार राधाकान्त चौधरीले जानकारी दिए । उनीहरुलाई १२ वर्षको कैद सजाय हुने बताइएकाे छ ।  

२०६९ साल वैशाख १८ गते भएको उक्त बम विष्फोटमा ५ जनाको ज्यान गएको थियो भने करिब ४० जना घाइते भएका थिए । मुख्य अभियुक्त टक्ला ५ वर्षदेखि पूर्पक्षका लागि थुनामा रहेका थिए। 

उनी २०६४ र २०७० सालको चुनावमा उनी निर्वाचित भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *