बँदेल मार्न खोज्दा व्यक्तिको मृत्यु, ५ जना पक्राउ
बैशाख ११, बुटवल । रुपन्देहीमा बँदेल मार्न बिछ्याईएको विद्युतीय धरापमा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकटोलका ४० वर्षिय मीनबहादुर गौतम रहेका छन् । मृतक गौतम बैशाख वैशाख १ गतेदेखि बेपत्ता भईरहेका थिए ।
उनी बेपत्ता भएपछी परिवारले प्रहरीमा उजुरी गरेपछी उनको खोजीकार्य भईरहेको थियो । खोजतलास गर्दा उनको शव देवदह नगरपालिका–९ को जंगलमा फेला पारिएको हो ।
null
स्थानीय रोहणी खोलामा बँदेल मार्नका लागि चन्द्रबहादुर थापा, नरबहादुर पुन र उपेन्द्रबहादुर शाहले बिछ्याएको विद्युतीय धरापमा परी गौतमको मृत्यु भएपछी शवलाई लुकाउन उनीहरुले देवदह ९ स्थित जंगलमा लगेर गाडेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त शव १० दिन पछि आज उत्खनन् गरेर निकालेका हुन् । घटनामा संलग्न भएको आशंखामा ५ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।