नेकपा सचिवालय बैठकः ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई व्यवहारमा उतार्न सुझाव
फाइल तस्विरबैशाख १६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज ९ बजेदेखि बसिरहेको छ ।
बैठकमा पोलिटब्युरो गठन, जनवर्गीय संगठनको एकिकरण र अन्य समसामयिक विषयमा छलफल भइरहेको पार्टीले जानकारी दिएको छ ।
null
जारी बैठकमा नेकपाका नेताहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा व्यवहारमा लागु हुने गरी कार्यक्रम ल्याउन नेकपाका नेताहरुले सुझाव दिएको बताइएको छ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार निर्वाचनका समयमा पार्टीले जारी गरेको घोषणापत्र र सरकारले हालसम्म गरेका सकारात्मक कामहरुको उपलब्धिहरुको रक्षा र विस्तार हुने कुरामा केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउन पनि सरकारलाई ध्यानाकर्षण गराइएको छ ।
पार्टीभित्र यसअघि पोलिटब्युरो गठनमा सहमति जुटाउने प्रयास भएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल चीन भ्रमणमा रहेकाले सहमति जुट्न सकेको थिएन ।