असक्त एकल महिलालाई आर्थिक सहयोग

बैशाख ११, धरान ।  केही समय अघि मात्रै जग्गा कान्डमा मुछिन पुगी अदालतबाट धरौतीमा रिहा समेत भएका सुनसरीका एक वडा अध्यक्षले एक अशक्त महिलालाई उपचारका लागी सहयोग गरेका छन । 

 

धरान उपमहानगरपाकिलका धरान वडा नं १६ का जनप्रतिनिधी वडा अध्यक्ष दिल कुमार गीरी (काजी गिरी) ले एक असक्त एकल महिलालाई आर्थिक सहयोग गरेका हुन ।धरान १६ निवासी मिठु माेक्तानलाई आर्थिक सहयोग घरैमा पुगेर प्रदान गरिएको धरान १६ का वडाध्यक्ष दिल कुमार गिरीले जानकारी दिए । 

null

उनका अनुसार असक्त एकल महिला मोक्तानलाई ५ हजार रुपैयाँ प्रदान गरिएको हो । मोक्तानको आर्थिक अवस्था समेत नाजुक रहेको र उनलाई सहयोगका लागि जनप्रतिनिधीले सहयोग गरेका हुन् । 

शारिरीक रुपले समेत अशक्त रहेकी महिलाको परिवारमा कोही पनि नभएकाे बुझिएको छ । साथै मोक्तनलाई सबैले आ-आफनाे ठाउँबाट सहयोग गर्न गिरीले अनुरोध समेत गरेका छन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *