बिराटनगर आँखा अस्पतालको ११ औ शाखा दुहवीमा

बैशाख ९, दुहवी । सुनसरीको दुहवी ५ स्थित श्री जनकल्याण साकोसको भुइतल्लामा सोमवार बिराटनगर आँखा अस्पतालको ११ औ शाखा स्थापना भएको छ । दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले आँखा उपचार केन्द्रको समुदघाटन गरेका थिए । 

 

आँखा उपचार केन्द्रमा नेत्र बिशेषज्ञ डा. संजय कुमार सिंहले मेयर गच्छदारको आँखा जाँच गरि शुभारम्भ गरेका गरे । बिराटनगर आँखा अस्पतालको मोरङमा ३ सुनसरीमा ३ इलाममा २ झापामा १ तेह्रथुम र भोजपुरमा १–१ गरि ११ ओटा शाखा स्थापना भइसकेको बिराटनगर आँखा अस्पतालका अध्यक्ष पदम नारायण चौधरीले बताए । 

null

आँखा उपचार केन्द्र दुहवीमा सिटि सेन्टरको रुपमा अत्याधुनिक उपकरण जडान गरिएको अध्यक्ष चौधरीले दाबी गरेका छन । समुदघाटन कार्यक्रममा दुहवीका बुद्धिजिवि, स्थानियहरु लगायतले निशुल्क आँखा जाँच गराए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *