पुर्वराजाको ज्ञानेन्द्रको गाडीको ठक्करले एकको मुत्यु

चैत्र २८, विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले सर्वसाधारणलाई ठक्करदिँदा एकको मृत्यु भएको छ । मोरङ विराटनगर विमानस्थल र्पुयाएर फर्किएको पूर्वराजाको गाडीको ठक्करबाट १ जनाको मृत्यु भएको छ । भने, अर्का १ जना घाइते छन् । 

गएराति ज्ञानेन्द्रलाई विराटनगर विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो । 

  

null

जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । चौधरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

ठक्कर दिने गाडी सशस्त्र प्रहरी बलका जवान दीपेन्द्रप्रसाद लम्सालले चलाएका थिए ।प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *