२५ हजार घुससहित वडाध्यक्ष पक्राउ

 

बैशाख १६, सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको गन्ध पनि नसहने बताइरहँदा सप्तरीका एक वडाध्यक्ष घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । 

अख्तियारको टोलीले सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई २५ हजार घुससहित सोमबार बिहान पक्राउ गरेको हो । 

null

मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग उक्त रकम लिइरहँदा मियाँलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । 

अख्तियारको फन्दामा परेका मियाँमाथि थप अनुसन्धान भइरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *