रिना हत्या प्रकरणः सिसिटिभीमा यस्तो देखियो

 

बैशाख ११, काठमाडौं । रिना बस्नेत हत्या काण्डको सिसिटीभी फुटेज बाहिरीएको छ । मुख्य बजार क्षेत्रका पसलमा जोडिएका सीसी क्यामेराको फुटेज हेर्दा शङ्कास्पद दृश्य देखिएको छ । 

अर्धनग्न अवस्थामा डेरा अगाडी मृत फेला परेकी बस्नेतको शव कसैले मध्य रातमा रिक्सामा हालेर कतै लगिएको देखिएको छ । उक्त फुटेजमा नकाब लगाएका एक पुरुषले शङ्कास्पद वस्तु बेरिएको ठेला चलाएका छन् । 

null

यसरी दिनदिनै घटनाको नयाँ रहस्य बाहिरिँदा पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसक्दा स्थानीय आक्रोशित छन् । 

 

रीना बस्नेतको हत्या भएको आज ५ दिन बितिसकेको छ । गत शनिबार २९ वर्षीया रीना बस्नेत आफ्नै कोठा अगाडी निर्वस्त्र अवस्थामा सडकमा मृत फेला परेकी थिइन् । 

बस्नेतको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। बस्नेतका श्रीमान् रोजगारीका क्रममा विदेशमा रहेका छन्।मृतक रीना १४ वर्षीय छोरासँगै डेरामा बस्थिन्। उनले कस्मेटिक पसल सञ्चालन गरेकी थिइन्। 

इलाका प्रहरी कार्यालयको कार्यक्षेत्र भित्रै ४ महिना नपुग्दै ६ वटा शंकास्पद मृत्यु प्रकरण भएपनि प्रहरीले कुनै पनि घटनामा संलग्नलाई पत्ता लगाउन सकेको छैन । 

तस्विरः प्रेम केडि भट्टराईको फेसबुकबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *