खुल्लामञ्चका पसलेका पीडा: भोली उठी कहाँ जाने केही थाहा छैन

 

खुलामञ्चमा सटर भाडामा लिने सबै फुटपाथ व्यापारी हुन् । दैनिक व्यापार नगरे उनीहरूको बिहान बेलुकाको चुलो बल्दैन । शनिबार टहरा भत्काएपछि उनीहरु आक्रोशित देखिएका छन । आफूले गरेको लगानी बालुवामा पानी भएको भन्दै उनीहरु चिन्तित छन् ।  

१६ बैशाख, काठमाडौं । खुलामञ्चमा बनाइएका ५१ वटा अवैध सटरमा शनिबार डोजर लगाएर भत्काईयो । सटर भत्काइएसँगै साना व्यापारीको झन्डै आठ करोड रुपैयाँ डुबेको छ । उनीहरूले व्यापार गर्ने ठाउँ लिएबापत ठेकेदार कम्पनीलाई प्रतिसटर १० लाख रुपैया देखि १८ लाख रुपैयाँसम्म सलामी रकम बुझाएका थिए । बसपार्कस्थित काठमाडौं टावर निर्माणको ठेक्का लिएको कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका मालिक मनोज भेटवालले सलामी रकम असुलेका हुन् । आफुहरुले १८ लाख रुपैंयासम्म रकम बुझाएर भाडामा लिएको सटर अबैधानीक भन्दै भत्काईएपछि व्यापारीहरु चिन्तित छन् । 

null

सलामी रकम बुझाईसकेपछि मात्र समाचार माध्यमबाट व्यापारीहरुले अबैध भन्ने थाहा पाए । तर, ठुलो रकम लगानी गरेको भन्दै सटर भाडामा लिएर व्यवसाय थालेका उनीहरुले सामान हटाएका थिएनन् । शनिबार टहरा भत्काएपछि भने उनीहरु आक्रोशित देखिएका छन । संरचना बनेर भाडामा लगाउँदासम्म महानगर मौन बसेको भन्दै उनीहरुले आक्रोश पोखेका छन । अधिकांश व्यवसायीले सटरको सामानसमेत निकाल्न पाएनन् भने केहीले हतारहतार डोजर चल्दै गर्दा सामान निकालेका थिए । आफूले गरेको लगानी बालुवामा पानी भएको भन्दै उनीहरु चिन्तित छन् । डुबेको पैसा कसरी उठाउने भन्ने चिन्तामा उनीहरु छन् । 

खुलामञ्चमा सटर भाडामा लिने सबै फुटपाथ व्यापारी हुन् । दैनिक व्यापार नगरे उनीहरूको बिहान बेलुकाको चुलो बल्दैन । फुटपाथमा व्यापार बन्देज गरिएपछि उनीहरू खुलामञ्च र तत्कालीन पुरानो बसपार्क आसपासमा बसेर व्यापार गर्दै आएका थिए । भ्यु टावर बन्ने भएपछि पुरानो बसपार्क खुलामञ्चमा सारियो । खुल्लामञ्चमा भ्यू टावर बनाउन लागेको कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका मालिक भेटवालले बसपार्कमा पैदलयात्री हिड्ने ठाँउमा सटर बनाए । बन्दै गरेको काठमाडौं टावरमा पसल राख्न पाउने आश्वासन दिलाएर भेटवालले फुटपाथ व्यापारीसंग १० लाख रुपैयाँ देखि २० लाख रुपैयाँसम्म असुले । फुटपाथमा खुल्ला मञ्चस्थित अस्थायी बसपार्कमा व्यापार गर्दै थिए । उनीहरु ठेकेदार भेटवालको आश्वासनमा परेर बसपार्क छेउमा बनाईएको सटरमा सरेको दुई सातापनि नपुग्दै शनिबार सटर भत्काईएको हो । 

  

‘सहकारीबाट लिएको ऋण डुबेपछि अब के गर्ने ? ठेकेदारलाई पैसा दिएको रसिद पनि छैन’ मनमाया भनिन्, ‘ठेकेदारले चेकसमेत लिन मानेन, नगद रकम नै मागेकोले ठेकेदारको षड्यन्त्र रहेछ भन्ने अहिले थाहा भयो ।’ 

  

सटर भत्किएपछि विह्वल देखिएकी मनमाया श्रेष्ठले आफ्नो १३ लाख रुपैयाँ डुबेको बताईन् । दोलखाका घर भई हाल काठमाडौं बस्दै आएकी उनले भनिन् ‘सटर भत्किँदैन भनेर ठेकेदारले सबैसँग सलामी उठाए, तर अहिले सटर भत्कियो । यसको क्षतिपूर्ति ठेकेदार कम्पनीले दिनुपर्छ ।’ ११ लाख रुपैयाँ ठेकेदारलाई दिएको र २ लाख रुपैयाँ पसलमा डेकोरेसनमा खर्च गरेको उनले बताईन् । ‘सहकारीबाट लिएको ऋण डुबेपछि अब के गर्ने ? ठेकेदारलाई पैसा दिएको रसिद पनि छैन’ मनमायाले भनिन्, ‘ठेकेदारले चेकसमेत लिन मानेन, नगद रकम नै मागेकोले ठेकेदारको षड्यन्त्र रहेछ भन्ने अहिले थाहा भयो ।’ 

ठेकेदारले महानगरपालिकासँग स्वीकृति लिएरै सटर निर्माण गरिएको प्रचार गर्दै आफुहरुसंग लाखौं रुपैया असुलेको बसपार्कस्थित स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष हरिप्रसाद पाण्डे बताउँछन् । करिब ५१ सटरबाट व्यापारीसँग आठ करोड बढी असुलेको व्यापार श्रमिक संघका अध्यक्ष पाण्डेले बताए । 

  

फुटपाथ व्यापारीसँग अर्को विकल्प थिएन । व्यापारबाटै घरपरिवार चलाउनुपर्ने बाध्यता भएका उनीहरुले ऋण गरेर १५ लाख रुपैयाँसम्म ल्याएर ठेकेदारलाई बुझाए । सलामी रकम लिएको प्रमाण नराख्न ठेकेदारले सबैसँग चेक मार्फत रकम नलिई नगदै लियो । सम्झौतापत्र समेत कसैलाई पनि दिईएन । 

  

सटर भाडामा लिनुअघि उनीहरु खुल्लामञ्चको बसपार्क छेउ अहिले सटर बनाईएको सथानमा फुटपाथमा व्यापार गर्दै आएका थिए । गएको चैतमा फुटपाथ व्यपारीहरुले व्यापार गरिरहेको समयमा सबैलाई लाठी लगाएर लखेटियो । उनीहरूलाई भनियो, ‘अब सटर बनाएर भाडा लगाउने । फुटपाथमा बेच्न नपाउने, प्रतिसटर १५ लाख रुपैयाँ सलामी बुझाउनु पर्ने, प्रति महिना बुझाउनु पर्ने भाडा छुट्टै हुने ।’ फुटपाथ व्यापारीसँग अर्को विकल्प थिएन । व्यापारबाटै घर परिवार चलाउनुपर्ने बाध्यता भएका उनीहरुले ऋण गरेर १५ लाख रुपैयाँसम्म ल्याएर ठेकेदारलाई बुझाए । सलामी रकम लिएको प्रमाण नराख्न ठेकेदारले सबैसँग चेक मार्फत रकम नलिई नगदै लियो । सम्झौतापत्र समेत कसैलाई पनि दिईएन । 

व्यापारीको रकम डुबेको बारे महानगरलाई कुनै जानकारी नभएको काठमाडौं महानगरपालिकाले बताएको छ । प्रवक्ता ईश्वरमान डंगोल भन्छन् ‘रकम लिएको प्रमाण भेटिए फिर्ता गर्न ठेकेदारलाई दबाब दिन्छौं तर, अहिलेसम्म रकम लिएको वा भन्ने कुरा आएको छैन ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *