करणी गरी फरार भएका बुवा पक्राउ

चैत २८ चितवन । चितवनको खैरहनीमा आफ्नै छोरीलाई करणी गरी फरार रहेका एक जना नुवाकोटबाट पक्राउ परेका छन् । करणी गरेको भनि इलाका प्रहरी कार्यालयमा पीडितका तर्फबाट छोरीलेनै किटानी जाहेरी दिएपछि बुबा फरार रहेका थिए । 

पीडितले गत सोमवार प्रहरीमा किटानी जाहेरी दिएकी हुन् । जाहेरी परेपछि खोजी गर्ने क्रममा अभियुक्तलाई नुवाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । 

उनी नुवाकोटमा रहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा पक्राउ गरिएको बताए ।  अभियुक्तलाई नुवाकोटबाट बुधवार राती चितवन ल्याएर थप अनुसन्धान सुरु गरिएको रेग्मीले बताए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *