पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले दिए सामूहिक राजीनामा

 

बैशाख १२, काठमाडौं । शक्तिशाली भूकम्पको ४ वर्ष पूरा भएकै दिन बिहीबार भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन् । 

सरकराले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग नौ महिना बितिसक्दा पनि सुनुवाई नगरेको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका हुन् । 

null

विगत नौ महिनायता कटौति गरिएको भत्ता लगायतका सेवा, सुविधा उपलब्ध गराउन सरकारसँग माग गरी आन्दोलन गर्दै आएका इन्जिनियरहरुले राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै सामूहिक राजीनामाको घोषणा गरेका हुन् । 

‘सरकारले हाम्रो मागको बेवास्ता गरेको छ । त्यसैले हामी राजीनामा दिन बाध्य भयौँ । यदि सरकारले समितिले प्रोत्साहन भत्ता, यातायात खर्च र सञ्चार खर्च, लगायतका मागहरू सम्बोधन गरेमा पुनर्निर्माणको काममा पुनः फर्कने छौँ’, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले भने । 

प्रोत्साहन भत्ता, भौगोलिक भत्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्नेलगायतका विभिन्न ५ बुँदे माग राख्दै पुनर्निर्माणमा खटिएका करिब १ हजार ५ सय इन्जिनियरहरुले गत फागुन २५ गतेबाट आन्दोलन सुरु गरेका थिए। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *