हावाहुरी पीडितलाई प्रदेश ३ सरकारले एक करोड रुपैयाँ राहत दिने
चैत १९, धनगढी । प्रदेश ३ सरकारले बारा र पर्साका हावाहुरी पीडितलाई १ करोड दिने घोषणा गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पीडितलाई १ करोड रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले हावाहुरी पीडितको राहत र पुनस्र्थापनाका लागि उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
null
क्षतिग्रस्त क्षेत्र र पीडितहरुको निरीक्षण निरीक्षण पश्चात् प्रदेश ३ सरकारले सो निर्णय गरेको हो । सोमबार मुख्यमन्त्री डोरमणी पौडेलसहितको टोलीले बाराको कलैया अस्पताल र वीरगञ्जको नेशनल मेडिकलमा गएर घाइतेहरुको अवस्थाको जानकारी समेत लिएको थियो ।
मुख्यमन्त्री पौडेलसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोली पनि त्यहाँको निरीक्षण गर्न पुगेका थिए ।
प्रारम्भिक रुपमा एक करोड सहयोग गरेपनि अन्य सहयोग पनि जारी रहने मुख्यमन्त्री पौडेलले बताए ।