बारा र पर्सामा केन्द्र सरकारले पठायो ४६८ वटा त्रिपाल

 

चैत १८, काठमाडौं । नेपाल उद्योग वाणिज्य संघले हावाहुरी प्रभावित परिवारलाई ५० लाख सहयोग गर्ने भएको छ । 

महासंघको सोमबार बसेको आकस्मिक बैठकले ५० लाखको राहत कोष खडा गरेर हावाहुरीले प्रभावित बारा र पर्साका पीडितहरुलाई राहत वितरण गर्ने निर्णय गरेको हो । 

null

हावाहुरी प्रभावित क्षेत्रमा केन्द्र सरकारले ४६८ वटा त्रिपाल पठाएको छ । सशस्त्र प्रहरीको ट्रकमार्फत् ४६८ वटा त्रिपाल बारा र पर्सामा पठाएको हो । हजार १६८ थान कपडा पनि त्रिपालसँगै पठाइएको जानकारी दिइएको छ । 

यस्तै नेकपा सांसदले १ दिनको र कांग्रेस सांसदले दुई दिनको तलब राहतका लागि उपलब्ध गराउने घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा पनि घटनास्थल निरीक्षण गर्न बारा पुगेका छन् । प्रम ओलीले राहत तथा उद्धार गर्न निर्देशन समेत दिएका छन् । 

त्यहाँका घरहरु भत्किदा स्थानीयको बिचल्ली भएको छ । क्षतिग्रस्त सबै घरहरु सरकारले बनाइदिने घोषणा गरेको छ । 

आइतबार साँझ आएको हावाहुरीमा परी बारामा २६ र पर्सामा १ जनाको ज्यान गएको थियो भने ६ सय भन्दा बढी घाइते भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *