मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु एक घाईते

 बैशाख ९, तनहुँ । मोटरसाईक दुर्घटना हुँदा एक जना व्यक्तिको मृत्यु हुनुको साथै एक जना घाईते भएका छन् । 

 

कास्की पुम्दीभुम्दी–१ निवासी ३१ वर्षीय मोटरसाईकल  चालक सन्दिप कुँवरलाई बसले ठक्कर दिंदा उनेको मृत्यु भएको हो भने पोखरा महानगरपालिका–७ माझफाँट निवासी सिर्जना राउत घाईते भएका हुन् । 

null

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल पछाडि बसेका राउतको दमौली स्थित रत्नहरि मेमोरियल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जानकारी दिएका छन् 

बिपरित दिशाबाट आइरहेको ना ६ ख ८४१० नम्बरको बसले पोखराबाट दमौली आउँदै गरेको प्रदेश ३–०२–००१ प ६०३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा पृथ्वी राजमार्गमा उक्त दुर्घटना भएको थियो । 

प्रहरीका अनुसार हाल बस चालक र बसलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *