बर्दिवासमा महिला स्वास्थ्य शिविर सञ्चालन, विद्यालयमा सम्पर्क कार्यक्रम

 

बैशाख १२, महोत्तरी । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौं र बर्दिवास नगरपालिका महोत्तरीको संयुक्त आयोजनामा बिहीबार महोत्तरीको खयरमारा बर्दिवासमा महिला स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

महिला सशक्तिकरण कार्यक्रम २०७६ अन्तर्गत संचालन गरिएको शिविरमा उक्त अस्पतालका चिकित्सक लगायतका स्वास्थ्यकर्मीको टोलीले गाइनो तथा हड्डी खिइएका बिरामीहरुलाई सेवा प्रदान गर्नुका साथै निःशुल्क औषधी वितरण गरिएको थियो । शिविरबाट १ सय ९३ जना महिला सेवाग्राहीहरुले स्वास्थ्य सेवा लिएका छन् । उक्त शिविर शुक्रबार समेत संचालन हुनेछ । 

null

  

साथै समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बर्दिबास खयरमारास्थित सरस्वती निम्न माध्यामिक विद्यालयमा आजै विद्यालय सम्पर्क कार्यक्रम समेत संचालन गरिएको छ । उक्त कार्यक्रममा प्रहरी निरीक्षक शर्मिला गुरुङले समुदाय–प्रहरी साझेदारी सम्बन्धी प्रशिक्षण दिएकी हुन् । 

प्रशिक्षण कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक गुरुङले नेपाल प्रहरीले शान्ति सुरक्षालाई चुस्त दुरूस्त पार्न कुनै पनि कसुर बाँकी नराख्ने बताइन् । उनले भनिन, ‘हाम्रो प्राथमिकता भनेकै प्रहरीले काम गर्दैन भन्ने कुरालाई मेटाउँदै प्रहरी पनि छ है भन्ने हो । शान्ती सुरक्षाको जिम्वेवारी लिएको प्रहरीलाई समुदाय प्रहरी साझेदारी अन्तर्गत स्थानिय र प्रहरी विचको दुरीबाटै अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा कायम गर्ने कुरामा प्रहरी अग्रसर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *