खालीपेटमा यी खानेकुरा खाँदा बिष सरह

बैशाख १३ । हामी धेरै मानिस आफ्नो स्वास्थ्यको विषयमा जानेर होस् वा नजानेर हेलचक्याई गरिरहेका हुन्छौँ । हामीलाई सामान्य लाग्ने कुराले पनी हाम्रो स्वास्थ्यमा धेरै नकरात्मक असर पुर्याइरहेको हुन्छन् । 

 

हामीले हाम्रो स्वास्थ्य बारे बेलैमा सजल भए मात्र हामीले स्वास्थ्य जिवन जिउन सक्छौँ । धेरै मानिसको बानी हुन्छ खालीपेटमा जे पायो त्यही खाने यस्तो बानीले गर्दा हाम्रो स्वास्थ्य दिन प्रतिदिन बिग्रिन्दै गईरहेको हुन्छ । 

null

जस्तै हामी धेरैको बनी हुन्छ बिहान उठ्नासाथ चिया पिउने तर यसरी खाली पेटमा चिया पिउँदा हाम्रो स्वास्थ्यलाई नकरात्मक असर पुर्याईरहेको हुन्छ । केही यस्ता चिजहरुछन् जुन खालीपेटमा खाँदा बिष सरह हुन्छ ती चिजहरु के–के हुन तल दिईएको छ । 

चिया–कफी : खाली पेटमा चिया कफि पिउनु स्वास्थ्यको लागि हानिकार हुन्छ । चिया कफिले एसिडिटी बढाउँछ । कफीले हाइड्रोक्लोरिक एसिडको गतिलाई रोक्छ । जसले गर्दा ग्यास्ट्रिकको समस्या हुन्छ । चियामा हुने उच्च अम्लले पाचन प्रक्रियालाई असर पुर्याउँछ । साथै पेट दुख्ने समस्या उत्पन्न हुन्छ । 

चिसो पेय पदार्थ : खाली पेटमा कहिल्यै पनि चिसो पदार्थ पिउनु हुँदैन् । यसले पेटमा मुकस मेम्ब्रेन पेटको पाचन क्रियालाई हाअनी पुर्याउँछ । खाली पेटमा पेय पदार्थ पिउँदा पाचन क्रिया सुस्त हुन्छ । त्यसकारणखाली पेटमा मनतातो पानी वा ग्रिन टि पिउने गर्नुपर्छ । 

सफ्ट ड्रिङ्स : सफ्ट ड्रिङ्स विशेष गरेर कोल्ड ड्रिङ्स खाली पेटमा कहिले पिउनु हुँदैन् । यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुने हुँदा पेटमा गम्भीर समस्या बन्छ । त्यसले पेटमा ग्यास बढाउनुको साथै ग्यास भरिने वान्ता आउने जस्ता समस्या बढाउँछ । 

अमिलो फल : खाली पेटमा अमिलो खानेकुरा खानु पनि स्वास्थ्यको लागि हानीकार हुन्छ । यस्ता कुराहरुले पेटमा एसिड बढाउने त गर्छ नै फाइबर र फ्रुक्टोज प्राप्त हुने हुँदा पाचन क्रियालाई सुस्त बनाउँछ । त्यसकारण खाली पेटमा यस्ता खानेकुरा खानु हुँदैन् । 

मसालेदार खाना : खाली पेटमा स्पाईसी वा धेरै पिरो खानेकुरा खानु भनेको अल्सर निम्त्याउनु हो । खालीपेटमा खाइने यस्ता खानेकुराले पेटमा एसिडिटी बढाउँछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *