काठमाडौँमा युवकको हत्या : अनुसन्धानमा खटिएकाे कुकुर अल्मलियो

 चैत्र १९, काठमाडौँ । काठमाडौंको बाफलमा तराई मुलुकको जस्तो देखिने एक बेवारिसे युवकको हत्या भएको छ । हेर्दा अन्दाजी २५ र २६ वर्ष जस्तो देखिने युवकको घाँटीमा सिसा प्रयोग गरी हत्या भएको हुन सक्ने प्रहरी बताउँछन् । प्रहरीले घटनाको आसपासबाट  सिसा पनि फेला पारेका छन् । 

मृतक युवक केही समय देखी बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खाने र उनी आफू जस्तै दुई/तीन जनाको ग्रुपमा बस्ने गरेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी बताउँछन् । उक्त घटनापछि उनीसँगै बस्ने अर्का युवक भने हाल फरा रहेका छन् । 

अन्दाजी ५ फिट उचाई र पालतो ज्यान भएका फरार युवकसँग उनले बेलाबखतमा झगडा गर्ने गरेको स्थानीयबाट खुल्न आएको छ । घटनास्थल नजिकै प्रहरी बिट रहेकाे साे स्थानमा प्रहरीले उनीहरुबीच केही समय अघि मात्र झगडा भएकाे देखेका थिए । 

null

घटना भए लगतै प्रहरीले फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी कुकरलाई घटनास्थलमा लगेका थिए । अनुसन्धानका खटाईको उक्त कुकुरले भने घटनाको केही सुराक दिन भने सकिरहेका छैन । घटनास्थलमा सबुत सुघाँएर छाडिएको उक्त कुुकर दौडिँदै सोल्टी मोडको दोबाटो पुगेर अल्मलिएको छ । उक्त घटना क्षेत्रमा मान्छेको धेरै चहलपहल हुने भएकोले कुकुर ले हत्याराको बाटो पहिचान गर्न नकिएको हुन सक्ने आशंखा गरिएको छ । प्रहरीले घटनामा संलग्न हत्याराको खोजीकार्य भइरहेको जानकारी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *