ओठ् कालो भएर चिन्तामा हुनुहुन्छ ? त्यसो भए यी गल्तिहरु नगर्नुहोस्
बैशाख ३ । अनुहारको सुन्दर भाग मध्ये एक हाम्रो ओठ् पनी हो । ओठ् सुन्दर हुँदा हाम्रो अनुहार नै राम्रो देखिन मदत गर्छ तर त्यही ओठ् कालो देखियो भने हाम्रो सुन्दरता नै बिग्रिन्छ । महिला होस् वा पुरुष ओठ् भनेका गुलावी नै भएको राम्रो देखिन्छ ।
तर आजभोली ओठ् कालो हुने, ओठ् फुट्ने समस्या बढ्दै गई रहेका छन् । मानिसहरु यो कालो ओठलाई कसरी गुलावी गर्न सकिन्छ भनेर बिभिन्न उपायहरु पनी अपनाई रहेको पाईन्छ तर धेरैलाई ती उपायहरुले काम गरिरहेको नै हुँदैन । ओठ कालो हुनबाट बच्न हामीले गरिने केही गल्तिहरुलाई पनी ध्यान दिनुपर्ने हुन्छ । ती गल्तीहरु के–के हुन सक्छ तल दिईएको छ ।
null
दाँतले टोक्नु : केही व्यक्तिको दाँतले ओठ टोक्ने वा रगड्ने बानी हुन्छ । यसो गर्नाले ओठमा सुख्खापन आउन थाल्छ र ओठमा कालोपन आउन थाल्छ ।
कम पानी पिउनु : कम पानी पिउनाले डिहाइड्रेसन हुन्छ। यही कारण ओठ सुक्न थाल्छ र कालोपन आउँन थाल्छ ।
कफि पिउनु : दिनभरमा १ वा २ पटक कफि पिउनु ठिकै हो, तर योभन्दा बढी पिउँनाले यसमा रहेको क्याफिनले ओठलाई विस्तारै–विस्तारै कालो बनाउँदै लान्छ ।
रासायनिक पदार्थ : रासायनिक लिपिस्टिक वा लिप बाल्म लगाउनाले ओठमा नराम्रो असर पर्छ र ओठमा कालोपना आउन थाल्छ ।
धुम्रपान : चुरोटमा रहेको निकोटिनले ओठको छालालाई डढाईदिन्छ । यसले ओठ कालो हुन थाल्छ ।
एन्टिबायोटिक औषधि : लामो समयसम्म एन्टिबायोटिक औषधि खाइरहेमा शरीरमा यसको नराम्रो असर पर्न थाल्छ र ओठ कालो हुँदै जान्छ ।