पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यू, ४ घाइते

 बैशाख ९,  विराटनगर । उदयपुरको वेलका नगरपालिका–७ मैनामैनी स्थित कुलुङमा आइतवार पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने ३ जना घाइते भएका छन् । 

आइतबार साँझ ५:३० बजेको समयमा चतराबाट वेलका नगरपालिका– ८ कोठु हुँदै मैनामैनी मयाम तर्फ जाँदै गरेको को १ ज १६१५ नम्बरको पिकअपको ब्रेकफेल भएर दुर्घटना हुँदा पिअपमा सवार स्थानीय २३ वर्षिय मनोज राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

चालक सहित पिअपमा सवार बेलका–८ की ३५ वर्षिया चरकुमारी राई, चालक अम्बर राई र वेलका–७ की ३२ वर्षिया पिपलकुमारी राई घाइते भई उपचारको लागि धरान स्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *