जापानका राजा अकिहितोले आज आफ्नो गद्दी त्याग्दै

एजेन्सी । जापानका राजा अकिहितोले आज आफ्नो गद्दी त्याग्दै छन् । २ सय वर्षको इतिहासमा उनी पहिलो राजा हुन् जस्ले जिउँदै आफ्नो गद्दी छोडेका छन् । ८५ वर्षीय अकिहितो पछि उनका छोरा नरूहितोले भोली गद्दी सम्हाल्ने छन् । 

राजाले आफू बाँचुन्जेल गद्दी त्याग्न नपाइने परम्परा र कानुन छ । तर पनि अकिहितोले आफू रोगी र बुढो हुँदै गएकाले राज्य चलाउन नसक्ने भएकाले जिम्मेवारीबाट मुक्त हुन चाहेको बताएका थिए । २०१६ देखि नै उनले यस्तो इच्छा व्यक्त गरेपनि कानुनी कारणले गद्दी त्याग्न पाएका थिएनन् । जापानी संसदले कानुनी बन्देज फुकाइदिएपछि उनले गद्दी त्याग गर्ने भएका हुन् ।आज स्थानीय समयअनुसार बेलुकी ८ बजे उनले गद्दी छोड्ने अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । भोली राजगद्दि सम्हाल्ने उनका छोरा नरूहितोकी एकमात्र सन्तान छन्, छोरी । तर उनले आफ्नो बावुको राज्याभिषेक भने हेर्न पाउने छैनन् । राजपरिवारका महिलाले समेत राज्याभिषेक हेर्न नपाउने कानुन छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *