कपालमा कलर गर्दा यी कुरामा ध्यान दिनुहोस्

 

चैत्र २५। अहिलेको समयमा प्राय सबै व्यक्तिहरुले कपाल कलर गरेको नै हुन्छन् । कपालमा बिभिन्न थरिको कलर लगाएर हिड्नु युवा–युवतीमा फेशन नै भई सकेको छ । मानिसहरु कपालमा बिभिन्न थरीको कलर गर्नुको साथै बिभिन्न प्रकारको कपालमा लगाउँने मेहेन्दी लगाउँने गर्दछन् । कपालमा लगाईने कलर एकदम न्यून मुल्य देखी उच्च मुल्यमा पाउँने हुन्छ । धेरै व्यक्तिहरु कपाल सुन्दर बनाउँने होड्मा कपालमा ब्रान्ड नै नहेरी जुनपायो त्यही हेयर कलर वा हेयर मेहेन्दी लगाई रहेका हुन्छन् । यसरी जुनपायो त्यही लगाउनाले हाम्रो कपाल बिग्रनुका साथै कपालमा छाला सम्बन्धी बिभिन्न रोगहरु लाग्ने गर्दछन् र कपालमा बिभिन्न समस्याहरु देखा पर्दछन् । 

बजारमा पाइने हेयर ट्रिटमेन्ट तथा कलरहरुमा विभिन्न रसायनिक पदार्थ मिसाइएको हुन्छ । जसको असर सिधै कपाल तथा टाउकोमा पर्न जान्छ । त्यसैले यस्ता वस्तुहरु प्रयोग गर्नुपुर्व यी कुरामा ध्यान पुर्यान जरुरी छ । 

null

– हेयर कलरको असर आँखामा बढि पर्छ । यसले आँखा पोल्ने र दुख्ने समस्या उत्पन्न हुन्छ । 

– नियमित रुपमा हेयर कलर प्रयोग गर्नाले कपालमा भएको पौष्टिक तत्व नाश भइ कपाल रुखो हुने तथा झर्ने समस्या सुरु हुन्छ । 

– मेहेन्दीबाट आउने वास्नाले फोक्सो तथा स्वासप्रश्वास प्रणालीमा सिधै नकारात्मक असर पार्दछ । 

– कपालमा प्रयोग गरिने हेयर कलरमा क्षार तथा पिपिडी नामक केमिकल हुन्छ । यसले छालामा रातो दाग र धब्बा बनाउँछ । 

– हेयर कलरले अनुहारमा दाग तथा एलर्जी आउने हुन्छ । 

– लगातार हेयर कलर लगाउनाले कपालमा चाँया पर्दै जान्छ । 

– लामोसमयसम्म हेयर कलर प्रयोग गर्ने व्यक्तिमा क्यान्सरको खतरा हुन सक्ने कैयौ अध्ययनले जनाएको छ । 

– हेयर करलमा पाइने केमिकल्स्ले कपाल तथा छालाको एलर्जी गराउदछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *