विराटनगर–६ वडा कार्यालयमा सुकुम्बासीद्वारा तालाबन्दी

 

बैशाख ६, विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ को वडा कार्यालयमा स्थानीय सुकुम्बासीहरुले तालाबन्दी गरेका छन् । 

विराटनगर महानगरपालिकाले आफुहरुको घर टहरा भत्काएको आक्रोशमा उनीहरुले तालाबन्दी गरेका हुन् । 

null

आफूहरुलाई कुनै जानकारी नै नदिई भर्खरै बनाइएका घर टहरालाई जबरजस्ती बल प्रयोग गरी भत्काएको विरोधमा तालाबन्दी गर्नुपरेको स्थानिय दिनेश कुमार कामतले बताए । 

वडा कार्यलयमा तालाबन्दी गरिएपछी त्यहाँ पुगेका सयौं सेवाग्राहीहरु मर्कामा परेका छन् । बिहीबार एस्काभेटर सहित महानगरपालिकाका नगर रक्षकको टोलीले धुधुवा पैनी अतिक्रमण गरेर बनाइएका टहराहरु भत्काएको थियो । 

नापजाँचगर्दा टहरा निर्माण गर्न लागिएको जग्गा सार्वजनिक भएको पुष्टि भएपछि भत्काउने आदेश दिइएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले जानकारी दिए । 

उनले जग्गाको नापजाँचबाट सो जग्गा सार्वजनिक भएको पुष्टि भएपछि टहरा निर्माण गर्न लागेका व्यक्तिलाई टहरा हटाउन २४ घन्टे सुचना दिइएको तर सुचनाको वेवास्ता गरेर अटेर गरेका कारण भत्काउन लगाइएको अधिकारीले दाबी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *