विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठन र प्रहरीका बीच आज झडप

वैशाख १६ काठमाडौं । बानेश्वरमा भएको नागरिकतासम्बन्धी विधेयककाविरुद्ध गरिएको प्रदर्शनीमा विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठन र प्रहरीका बीच आज झडप भएको छ । 

 

माइतीघर मण्डलामा भेला भएर जुलुससहित बानेश्वरको संसद् भवनतर्फ जाने क्रममा आन्दोलनलाई प्रहरीले हस्तक्षेप गर्न खोज्दा मुढभेडको स्थिति भएको जनमोर्चाका नेता चित्रबहादुर केसीले जानकारी बताए । 

null

केसीले बाह्य देशका नागरिकलाई खुलमखुला वंशजको नागरिकता दिनेगरी विधेयक ल्याइएकाले आन्दोलनमा उत्रिनुपरेको उक्त विधेयक सरकारले नसच्याए आफूहरूले थप आन्दोलनका कार्यक्रम गरेर सरकारलाई घुँडा टेकाउने दाबी गरे ।  

आन्दोलनमा उत्रिएका जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद् नेपाल लगायतका राजनीतिक पार्टी र संघसस्थाको उपस्थितिमा उक्त आन्दोलन गरिएको थियो । 

सरकारले गत चैत १९ गते जन्मसिद्धका आधारमा सन्तानलाई वंशजको आधारमा नागरिकता दिनु भनी गृह मन्त्रालयबाट जारी भएको पत्र प्रदर्शनकारीले जलाएका छन् ।  विरोध उत्रेका आन्दोलनकारीले गृहको परिपत्र जलाएपछि नयाँ बानेश्वर चोकमा कोणसभा गरी आ-आफ्नो मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *