झापामा जल्यो धर्मनिरपेक्षता (फोटोफिचर सहित)

 

बैशाख ६, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापामा धर्म निरपेक्षताको ब्यानर जलाएको छ । 

राप्रपाले हिन्दू राष्ट्रको माग सम्बोधनका लागि सरकारलाई दबाब दिन शुक्रबार प्रदर्शन गर्दै देशैभर धर्मनिरपेक्षता लेखिएको प्ले–कार्ड र ब्यानर जलाएको हो । राप्रपाको समर्थनमा हज्जारौं सडकमा उत्रिएका थिए । 

null

धर्मनिरपेक्षताविरुद्ध आन्दोलन गर्दै आएको राप्रपाले विदेशीको दबाव र प्रभावमा धर्मनिरपेक्षताको व्यवस्था गरिएको आरोप लगाउँदै यसलाई खारेज गर्न सरकारलाई दबाब दिँदै आएको छ । 

आफूले उठाएका मागबारे सरकार गम्भीर नभएको पार्टीका अध्यक्ष कमल थापाले आरोप लगाउँदै आएका छन् । केही समय अघि कमल थापाको नेतृत्वमा राप्रपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाएको थियो ।  

 

 

 

 

 

 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *