राष्ट्रिय शोक घोषणा गर्न प्रदेश २ को माग

२०७५ चैत १८ गते

चैत १८, जनकपुर । आइतबार आएको असीना पानीसहितको भीषण हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको भन्दै प्रदेश २ सरकारले राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ ।
प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा कुरा गर्दै राष्ट्र नै शोकमा पुगेका कारण राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेका हुन् ।
null
आइतबार साँझ आएको हावाहुरीका कारण बार र पर्सामा गरी २७ जनाको मृत्यु भएको छ । घटनामा ६ सय बढी घाइते छन् । मृतकका परिवारलाई प्रदेश २ सरकारले जनही ३ लाख दिने निर्णय गरेको छ ।

२०७५ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित