बालिका बलात्कार गर्नेलाई क्षतिपूर्ति सहित ६ वर्षको कैद फैसला

 

बैशाख ६, नुवाकोट । १४ वर्षीया बालिकालाई होटलमा लगी बलात्कार गर्ने एक अभियुक्तलाई बुधबार जिल्ला अदालतले ६ वर्षको कैद सजायको फैसला सुनाएको छ । 

जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले सो फैसला सुनाएको हो । साथै अदालतले रु एक लाख क्षतिपूर्ति दिन समेत आदेश दिइएका छन् । 

null

रसुवा उत्तरगाया गापा–३ ठूलोगाउँका २६ वर्षीय हर्क गुरुङले तारकेश्वर नपा–८ काठमाडौँकी १४ वर्षीया किशोरीलाई २०७३ पुस ५ गते नुवाकोटको ककनीको एक होटेलमा लगी बलात्कार गरेका थिए । 

पीडित किशोरीले २०७३ पुस ११ गते महानगरीय प्रहरी प्रभाग बालाजुमा उजुरी दिएको आधारमा प्रहरीले आरोपित गुरुङलाई २०७३ पुस ११ गते नै तारकेश्वर नपा–८ लामाबगर काठमाडौँबाट पक्राउ परेका थिए । 

घटना नुवाकोट मा घटेको हुनाले थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग बालाजुले आरोपित सहित कागजात जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *