ओपोद्वारा बैशाख ९ गते एफ ११ प्रो सार्वजनिक गर्ने घोषणा

बैशाख ५, काठमाडौं । ओपोले नेपालमा बैशाख ९ गते एफ ११ प्रो सार्वजनिकगर्ने घोषणा गरेको छ । एफ सिरिज अन्तर्गत सार्वजनिक हुने नयाँ एफ ११ प्रोमाभोक ३.० सुपर फास्ट चार्जिङका साथ दुई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइन सहित सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ । 

 

एफ नाइन अन्तर्गतका उत्कृष्ट फिचर्स तथा डिजाइनका साथै फोनमा विभिन्न नव प्रबर्तनात्मक प्रविधि तथा ४८ एमपी अल्ट्रा क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन लगायत पनि उपलब्ध हुने छन् । यी विशेषता मार्फत कम्पनीले आफ्ना उपभोक्तालाई आरामदायी तथा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । 

null

एफ ११ प्रो सार्वजनिकका लागि आयोजना हुने कार्यक्रममा नेपाली चलचित्र जगत्की उदयीमान अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थिती रहने कम्पनीले जानकारी दिइएको छ । ४ हजार एमएएच ब्याट्री सहितको फोनमा कम्पनी द्वारा स्व–विकसित भोक ३.० फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गराएको छ । फोनको चार्जिङ तिब्र गतिमा होस् भन्ने चाहना आजभोली सबैमा छ । 

एफ११ प्रो मा उपलब्ध भोक ३.०ले फोनको चार्जिङका लागि घण्टौँ कुर्नु पर्ने झञ्झटबाट उपभोक्तालाई छुटकारा दिनेछ । यो प्रविधिको सहायताले,मात्र केही क्षणको चार्जिङ बाटै केही घण्टाका लागि पर्याप्त टकटाइम प्राप्तगर्न सकिन्छ । भोल्टेज ओपन लुप मल्टि–स्टेप कन्स्ट्यान्ट–करेण्ट (भोक)लाई पहिलो पटक कम्पनीले सन् २०१८ मा सार्वजनिक गरेको थियो । यो चार्जिङ समाधानले तिब्र गतिको चार्जिङ मात्र नभइ उपभोक्तालाई फोन तात्ने लगायत समस्याबाट समेत सुरक्षा प्रदान गरेको छ । ओपो एफ ११ प्रो का साथमा सार्वजनिक हुने भोक ३.० ले बजारमा उपलब्ध समान ४ हजार एमएएच ब्याट्री क्षमता सहित फोनको तुलनामा तिब्र चार्जिङ समाधान प्रदान गर्ने कम्पनीको दावी छ । ओापोको नयाँ भोक ३.० चार्जिङ प्रविधिले ट्रिकल चार्जिङ गतिमा भोल्टेज न्यूनिकरण मार्फत सुधार प्रदान गर्दै चार्जिङको लागि लाग्ने समयमा २० प्रतिशत सम्मले न्यूनिकरण ल्याउँछ । 

यो फिचर विशेषगरी स्मार्टफोनको अत्यधिक प्रयोग गर्ने मोबाइल गेमर्सका लागि उपयोगी छ । अहिलेका लोकप्रिय गेमहरुका लागि तुलनात्मक रुपमा अधिक उर्जाको आवश्यकता पर्छ जसले गर्दा फोनको ब्याट्री खपत तिब्र गतिमा हुन्छ । कहिले काही यसले गर्दा फोनको चार्जिङ भन्दा डिस्चार्जिङको गति तिब्र हुने गर्छ । जसले गर्दा फोन चार्ज गर्दै गेम खेल्ने सोच पनि ब्यर्थ हुन सक्छ । 

यस्तो अवस्थामा भोक ३.० गेमर्सका लागि निकै उपयोगी प्रमाणित हुन्छ । यसको सहायताले लामो समय सम्म गेम खेल्न सकिनका साथै चार्ज गर्दै गेमको मज्जा पनि लिन सकिन्छ । फोनको डिजाइनमा कम्पनीले ‘नेचुरल क्रिएसन’माआधारित डिजाइन सिद्धान्तको अवलम्बन गरेको छ । यसमा आधारित रहेर नयाँफोन, ठण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई आकर्षक ग्राडियण्ट रंगमा उपलब्ध गराउने ओपोले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *