सेवा बहिष्कार गरी नर्सहरु धर्नामा, मानव अंग प्रत्यारोपण केन्द्रको सेवा प्रभावित

 

बैशाख १३, भक्तपुर । अस्पतालले समयमै तलब नदिएको भन्दै नर्सहरु आन्दोलनमा उत्रिएपछि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको स्वास्थ्य सेवा प्रभावित भएको छ । 

अस्पतालसँग विभिन्न ६ बुँदे माग राख्दै नर्सहरु बुधबार साँझदेखि सेवा बहिस्कार गरी धर्नामा बसेका नर्सहरुले केन्द्रको आकष्मिक र आइसीयूबाहेकको सबै सेवा ठप्प गरेका छन् । यसअघि उनीहरुले तीन दिनसम्म कालोपट्टी बाँधेर काम गरिरहेका थिए । 

null

’प्रशासनसमक्ष पटक–पटक ग्रेडिङलगायत स्थायी गर्नुपर्ने माग राख्दा पनि सुनुवाइ भएन । सात–आठ महिनासम्म पनि झुलाउने मात्रै काम भयो । माग सुनुवाई नभएपछि यस्तो कदम चाल्न बाध्य भयौँ’, नर्सिङ सङ्घ एकाइ भक्तपुरका अध्यक्ष मीना खर्बुजाले भनिन् । 

यता केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले श्रेष्ठले लोकसेवा आयोगबाट स्थायी पदपूर्तिको प्रक्रिया अघि बढेको बेला आन्दोलनको कुनै अर्थ नभएको प्रतिक्रिया दिँदै विभिन्न प्रयासबाट अस्पतालका नर्सहरुको स्थायी प्रक्रिया पूरा गर्न लागिएको स्पष्ट पारे । 

के–के छन् उनीहरुको माग ? 

सम्पूर्ण कर्मचारीको तलब समयमै दिनुपर्ने, विभिन्न तालीम, गोष्ठीमा पुराना कर्मचारीलाई पनि समावेश गर्नुपर्ने, ठेकेदार प्रथा हटाइ सम्पूर्ण कर्मचारीलाई अस्पताल प्रशासनले तलब दिनुपर्ने, पुराना कर्मचमारीको कामको मूल्याङ्कन र अनुभवका आधारमा ग्रेडिङ दिनुपर्ने, कर्मचारीलाई स्थायी गुर्नपर्ने, तलबमा पाइने सबै सेवासुविधा उपल्बध गराउनुपर्ने लगायत । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *