भारत लैजाँदै गरेका दुई युवतीसहित गिरोह पनि पक्राउ

 

वैशाख १५ काठमाडौं । भारत लैजाँदै गरेको अवस्थामा २ युवतीलाई उद्धार गरी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गिरोहलाई पनि नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । 

कञ्चनपुरको सीमा नजिकै जोडिएको पुनर्बास नाकाबाट भारतीय सीमा सुरक्षा बल एसएसबिले दुई युवतीसहित मानव तस्कर गिरोहमा संलग्न पुनर्वास नगरपालिका ५ का भीमबहादुर बोहरालाई नियन्त्रणमा लिई नेपाल प्रहरीलाई जिम्मा लगाएको हो । 

null

चेलीबेटी बेचबिखनमा सक्रिय मुख्य आरोपी भनिएका पुनर्बास ५ ‘ग’ गाउँका किसन भनेर चिनिने कृष्णबहादुर रोकाया भने फरार रहेको प्रहरीले जनाएको छ । 

युवतीहरुलाई वैदेशिक रोजगारीका लागि ओमान पुर्याउने भन्दै भारततर्फ लगेर बेच्ने गरको प्रहरी अनुसन्धानमा खुलेको छ । 

भारतीय सुरक्षा बल एसएसबिका अनुसार बेच्न लगिएका उनीहरू सर्लाहीको बागमती नगरपालिकाका हुन् । 

लामो समयदेखि नै यस्ता गतिविधिमा सक्रिय रहेका बोहराले युवतीहरुलाई भारतीय सहर पुर्याएबात प्रतिव्यक्ति एक हजार लिने गरेको बयानका क्रममा उल्लेख गरेका छन् । 

सरकारले चेलिबेटी बेचबिखन निर्मुल पार्ने दाबी गरेपनि यसलाई नियन्त्रणमा ल्याउन सकेको छैन । अझैपनि विकट क्षेत्रका आर्थिक स्थिति कमजोर भएका युवतीहरु वैदेशिक रोजगारीको प्रलोभनमा परी बेचिन बाध्य भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *