नोबेल शिक्षण अस्पतालमा बन्दैछ अन्तराष्ट्रिय स्तरको बगैंचा (भिडियाे सहित)

बैशाख १६, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल परिषरमा ठुलो लगानीमा अन्तर्राष्ट्रिय स्तरको बगैंचा र पार्किङ बनाईने भएको छ । अस्पताललाई व्यवस्थित, स्वच्छ एवं मनमोहक वातावरण बनाउँन नोबेलले ३२ करोडको लागतमा बगैंचा र पार्किङ बनाउँन लागेको हो । 

 

अस्पतालहरु मध्ये नेपालमै पहिलो पटक अत्याधुनिक रुपमा बनाउँन लागिएको बगैंचा र पार्किङको काम आगामी २०७७ साउनसम्ममा पुरा हुँने अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । 

null

‘निर्माण कम्पनीसँग सम्झौता भईसकेको छ ।’ डा.शर्माले भने ‘अवको १५ महिना भित्र अन्तर्राष्ट्रिय स्तरको बगैंचा बनिसक्छ ।’ यसका लागि नमुना कन्ट्रक्सनसँग निर्माण सम्झौता भएको छ । टेक्नोक्य्राट कन्सल्टेन्ट प्रा.लि. र ड्रिम डेभलपर्स प्रा.लि.ले गार्डेन डिजाईन गरेका छन् । आगामी साताबाटै काम सुरु गरिने निर्माण कम्पनीले जनाएको छ । 

 

अस्पताल भवन अगाडीको करिव ५ बिगाहा क्षेत्रफलमा बन्ने बगैंचा मनमोहक हुँनेछ । बगैंचामा बच्चाहरुका लागि बाल उद्यान, बिरामी र कुरुवाका लागि क्यान्टिन, मन्दिर, पानीको फोहोरा, बोटबिरुवा र बस्नका लागि आरामदायी कुर्सीहरु राखिनेछ । 

त्यस्तै सामग्री खरिदका लागि सुपरमार्केट, कपाल÷दारी काट्नका लागि सैलुन, फार्मेसी, याराफिटसहितको स्टेज लगायत रहनेछ । त्यस्तै व्यवस्थित पार्किङ पनि बनाईने इन्जिनियर ढकेन्द्र बमले बताए । 

व्यवस्थित रुपमा बन्ने बगैंचाको मनमोहक वातावरणका कारण बिरामी र कुरुवाको अस्पताल बसाई मनोरम हुँने विश्वास गरिएको अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ । 

 

‘बिरामी र कुरुवाले अस्पताल परिषरमा घुम्दा स्तरीय पार्कको आभास गर्नेछन् ।’ उनले भनिन् । गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षाका कारण लोकप्रिय बन्दै गएको नोबेल शिक्षण अस्पतालले सोहि अनुरुप स्तरीयता बढाउँदै लगेको हो । 

भिडियाे हेर्नुहाेस् 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *