एच.आई.भी./एड्स संक्रमित खेलाडी सगरमाथा आरोहणको तयारी गर्दै

 

चैत्र २४, काठमाडौँ । पूर्व राष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठ संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्न जाने भएका छन् । ५६ वर्षीय श्रेष्ठ एच.आई.भी./एड्सबाट संक्रमित छन् । उनले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी एच.आई.भी./एड्स  संक्रमितहरुले पनि राष्ट्र र समाजका केही योगदान पुर्याउन सक्छन् भन्ने सन्देश विश्वभर फैलाउनको निमित्त सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेको जानकारी दिएका छन् । उनी आउँदो शुक्रबार सगरमाथा आरोहणका लागि त्यहाँ जाने बताएका छन् । 

उनले यो भन्दा अगाडी २०१५ मा सगरमाथा आरोहण अभियान सुरु गरेपनि सफल भएका थिएनन् उनको साहस देखेर उनलाई सगरमाथा आरोहणको लागि साथ दिईरहेको आरोहण अभियानका संयोजक विष्णुबहादुर भट्टराईले बताउँछन् ।  

null

श्रेष्ठलाई आरोहणको लागि सहयोग गर्न आरोहण अभियान कर्ताले सबैलाई अपिल पनि गरेका छन् । हाल सम्म सहयोग रकम रु. ३० लाख रुपैयाँ जम्मा भईसकेको छ । श्रेष्ठलाई आरोहण खर्च रु. ४३ लाख ५० हजार लाग्न सक्ने सम्भावना रहेकाे छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *