दलितकाे बिहेभाेज नखाएपछी दक्षिणा फिर्ता

बैशाख १०, बुटवल । दलितको बिहेमा सहभागी भएका गैरदलित समुदायले बिहेभोज नखाएपछि दलित परिवारले अपमान गरेको ठानी गैर दलितले दक्षिणा स्वरुप दिएको रकम फिर्ता दिएका छन् । 

 

दलित परिवारले जातिय भेदभाव गरेको भनी दक्षिणा स्वरुप आएको ६ हजार ३ सय ५० रुपैयाँ फिर्ता गरका हुन् । वैशाख ५ गते शुद्धोधन गाउँपालिका ४ फर्साटिकर हाटबजार निवासी रामबहादुर विकको  २२ बर्षकी छोरी आरती विकको बिवाह सम्पन्न भएको थियो । 

null

उक्त विहे भोजमा समाजका अगुवा मानिने र राजनीतिक दलका स्थानीय नेतृत्व दलका नेपाली काँग्रेस रुपन्देहीका क्षेत्रीय सदस्य केशव अधिकारी, आमा समूहकी अध्यक्ष रसमाया थापा, टोल विकास समितिका उपाध्यक्ष बालकृष्ण गैरे, आशिष केसी, डिआर कंडेल, गोकुल सुवेदी, कृष्णप्रसाद भण्डारी गिता खनाल, चित्रबहादुर केसी, इन्दिरा डोटेल सहित २२ ले बिहेको निम्तो स्वीकार गरी बिहेमा त सहभागी भए तर बिहे भोज भने खाएनन् । 

 गैरदलितले  भोज नखापछि दलित समूले जातिय भेदभाव गरी आफ्नो अपमान गरेको भन्दै यस घटनाको भत्र्सना गर्दै घटनाको बारेमा अध्ययन अनुसन्धान गर्न हरिओम विश्वकर्माको संयोजकत्वमा समिति गठन गरेका छन् । 

यसरी जातिय भेदभाव गर्नेलाई कानुनमा छुवाछुत भेदभाव र कसुर सजाय ऐन २०६८ अनुसार जातकै कारण भेदभाव गर्नेलाई क्षतिपूर्ति भराउनेदेखि कैद को सजाय हुने समेत व्यवस्था रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *