गैह्रकानूनी, ध्वंसात्मक गतिविधि गर्ने छुट कसैलाई छैनः गृहमन्त्री थापा


बैशाख ४, मकवानपुर । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई मूलधारको राजनीतिमा ल्याउने प्रयास भइरहेको बताएका छन् ।
तीन नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन बुधबार हेटौंडा पुगेका थापाले देश र संविधान विरोधी गतिविधि गर्ने विप्लव समूहलाई सरकारले राजनीतिक मूलधारमा ल्याउने प्रयास गरिरहेको बताएका हुन् ।
null
‘कानून विपरित, असंवैधानिक, गैह्रकानूनी र नियम विपरित ध्वंसात्मक गतिविधि गर्ने छुट कसैलाई छैन । राज्यविरुद्धका गतिविधि गरेकै कारण विप्लव समूलाई पनि नियन्त्रणमा लिइएको हो’, गृहमन्त्री थापाले भने, ‘प्रतिबन्ध लगाए पनि वार्ताको ढोका खुल्ला छ’, उनीहरुलाई मुलधारको राजनीतिमा ल्याउने प्रयत्न जारी छ।’
कार्यक्रममा मन्त्री थापाले सरकार भ्रष्टाचार नियन्त्रण गर्न लागि परेको स्पष्ट पार्दै सरकारले सुरक्षा चुनौतीहरु पन्छाउँदै गएको र सुरक्षा व्यवस्था मजबुत हुँदै गएको दाबी गरे ।
संघीय प्रहरी ऐन बन्ने क्रममा रहेकाले पुरानै प्रक्रिया अनुसार चलिरहेको बताउँदै उनले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे।
