भब्यताका साथ सम्पन्न भयो चन्द्रागिरी महोत्सव

बैशाख ८, काठमाडौं । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरिमा कला, संस्कृति र प्राकृतिक सौन्दर्यताको पहिचान बढाउने उद्देश्यले आयोजित दोस्रो चन्द्रागिरी महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । 

‘चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरीको पहिचान बढाऔं,’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सब चन्द्रागिरी नगरपालिका र देवदर्शन मिडियाको आयोजना तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौँको सह–आयोजनामा सम्पन्न भएको हो । 

महोत्सबमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फाराम सङ्कलन गायतका ७० बढी कक्ष रहेको थियो । उक्त महोत्सबमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका थिए । 

null

चन्द्रागिरी नगरपालिका वडा नं १२ गुर्जुधारामा ९ दिन सम्म चलेको उक्त महोत्सबको उद्घाटन नेपाल सरकारकी खानेपानी मन्त्रि विना मगरले गरेकी थिइन् भने समापन कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य अन्जना बिशंखे रहेकी थिइन् । 

समापन कार्यक्रममा बिशेष अतिथिको रुपमा प्रदेश सभा सदस्य बेली माया घले, जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिव सुन्दर राज बैद्य चन्द्रागरी हिल्स का महाप्रबन्धक अभिषेक बिक्रम शाह, महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा, चन्द्रागिरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष राजेन्द्र केसी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल आइडलका प्रताप दास लगायत स्थानीय कलाकार र स्थानीय बासीको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रममा चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरीले पर्यटकीय स्थल चन्द्रागिरीलाई स्थानीय कला, संस्कृति, प्राकृतिक श्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरिका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई चिरपरिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । 

समापन कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य अन्जना बिशंखेले गरेकी थिइन् । उनले उक्त अवसरमा बोल्दै चन्द्रागिरीलाई आगमी दिनमा कसरि अघि बढाउने ? चन्द्रागिरीको रौनक आज भन्दा ५० वर्ष अघि कस्तो थियो ? आज कस्तो भयो र नगर बासि कस्ता थियौ भन्ने बारे स्मरण गर्न अनुरोध गरिन् । 

उनले चन्द्रागिरीको इतिहास र संस्कृति ठुलो रहेको बताउदै ऐतिहासिक संस्कृतिलाई भाबि पुस्ताको लागि जीवन्त राख्ने काम सबैको भएको समेत बताइन । बिसंखेले चन्द्रागिरीमा धार्मिक, प्राकृतिक, ऐतिहासिक, प्राचिन संस्कृति रहेको भन्दै त्यसलाई जोगाउन एक जुट हुनु पर्ने जिकिर गरिन् । कार्यक्रममा बिशेष अतिथि प्रदेश सभा सदस्य बेली माया घलेले चन्द्रागिरी नगरपालिकालाई देश विदेश सम्म चिनाउने प्रयास महोत्सवले गरेको बताइन । 

 

चन्द्रागिरीको विकास र प्रवर्द्धनको लागि फलदायी रहेको बताउदै चन्द्रागिरी नगरबासीको आर्थिक बृद्दी बिकासमा थोरै भए पनि टेवा पुगेको आफुले महसुस गरेको उनले बताइन । साथै उनले प्रदेश सरकार आगामी दिनमा यस्ता महोत्सब आयोजना गर्दा समन्वय र सहकार्यको लागिसदैब तयार रहेको बताइन् । 

महोत्सवमा आफु भित्रको कलालाई प्रस्फुटन गर्ने उद्देश्य सहित मिस, मिस्टर एण्ड किड्स चन्द्रागिरीको समेत आयोजना गरिएको थियो । जसमा बेस्ट मोडल आकृति कुँवर हुन सफल भइन । बेस्ट ड्रेस स्मिता केसी हुँदा गरि बेस्ट अप एनी बस्नेत भएकी थिइन । बेस्ट स्माइल आरवी राणा बेस्ट हियरमा मन्जिल गुरुङ त्यसै गरि बेस्ट लूक्स प्रीतिमा कटुवाल भएकी थिइन् । 

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य अन्जना बिशंखे, बिशेष अतिथि बेलिमाया घले र चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक बिक्रम शाहले पुरस्कार बितरण गरेका थिए । महोत्सवकै अवसरमा चन्द्रागिरी डान्स आइडलको उपाधि प्रेक्षा शाहले हात पारिन । 

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा, महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंखर खड्का, महानगरीय ट्राफिक प्रहरी प्रमुख शंकर खड्कालाई समाजमा शान्ति सुब्यवस्था कायम गर्न र लागु औषध नियन्त्रणमा महत्वपुर्ण भूमीका पुर्याएको भन्दै चन्द्रागिरी नगरपालिकाले सम्मान गरेको थियो । 

 

त्यस्तै चन्द्रागिरीका नगरप्रमुख घनश्याम गिरीले पत्रकारीता क्षेत्रमा क्रियाशिल अनलाईन खवर डट कमका संवाददाता गौरब पोखरेल, राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता विष्णु नेपाल र अच्युत रेग्मी, एविसी टेलिभिजनका व्युरो प्रमुख रविन्द्र पौडेल, रातोपाटी डट कमका कुवेर राज गिरीलाई सम्मान गरेका थिए । 

कार्यक्रमका संयोजक राम नारायण घिमिरेले महोत्सव अवधीभर दुई करोड २५ लाख कारोवारका साथै ६० हजारले महोत्सव अवलोकन गरेको जानकारी दिए । कार्यक्रमका सह संयोजक देवेन्द्र प्रधानले चन्द्रागिरीको धर्म, संस्कृति र परम्परालाई जिवित राखी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन महोत्सव फलदायी भएको बताए । 

कार्यक्रमका सहसंयोजक तथा प्रचार प्रसार संयोजक रोसन दानीले चन्द्रागिरीको सम्रग विकास, सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको लक्ष्यलाई पुर्णता दिन र चन्द्रागिरीलाई नेपालकै नमुना पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सबैसँग सहकार्य गर्दै अघि बढ््ने बताएका थिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *