सरिता लामिछानेविरुद्ध उजुरी परेपछि चलचित्र कलाकार संघको चुनाव स्थगित

 

चैत १८, काठमाडौँ । यही चैत २३ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको चुनाव स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालयको अर्को आदेश नभएसम्म अधिवेशन रोक्ने निर्णय भएको संघले जनाएको छ । 

चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी सरिताविरुद्ध उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले चुनाव रोक्न आदेश दिएको हो । 

null

गत शुक्रबार कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाइ कलाकार संघका साधारण सदस्य सुरज आरडीले छानविन तथा कारवाहीको माग गर्दै सरिताविरुद्ध उजुरी दिएका थिए । 

आरडीले कलाकार विधानमा ५ वटा फिल्म् अभिनय गरेपछि मात्रै सदस्यता प्राप्त गर्ने प्रावधान रहेको उल्लेख गर्दै कलाकार लामिछानेले २ फिल्ममात्र अभिनय गरेर सदस्यता प्राप्त गरेको आरोप लगाएका हुन् । 

आरडीको उजुरीपछि प्रशासन कार्यालयले छानबिनको लागि हाल चुनाव स्थगित गरेको हो । मनोनयन दर्ता भईसकेकाहरुको अब मनोनयन फिर्ता गरिने संघले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *