चट्याङ लागेर एकको मृत्यु

बैशाख १३, विराटनगर । झापाको भद्रपुर नगरपालिका–६ मा गए राती चट्याङ लागेर शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ । 

बिहान साढे २ बजे सामान्य वर्षा भईरहेको अवस्थामा अचानक चट्याङ लाग्दा स्थानीय ३२ बर्षीय भीम राजवंशी गम्भिर घाइते भएका थिए । 

चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लैजाँदै गर्दा बाटोमै मत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *