खैरहनीमा पशु स्वास्थ्य शिविर

चैत २५, चितवन । चितवनको खैरहनीमा सोमवार आयोजित निशुल्क पशु स्वास्थ्य शिविरमा करिव २ हजार पशुपंक्षीले स्वास्थ्य सेवा पाएका छन् । खैरहनी नगरपालिकाको पशु सेवा शाखाको आयोजना तथा राधाकृष्ण दुग्ध उत्पादक सहकारी संस्था र नेपाल पारा भेटेरेनरी एण्ड लाईभस्ट्रक एसोसियसन नगर कमिटी खैरहनीको सहआयोजनामा शिविर भएको हो । 

शिविरमा ४६० वटा गाई, १८० वटा भैसी,७५० वटा वाख्रा,५२० वटा कुखुरा र हाँस र १० वटा कुकुरले स्वास्थ्य सेवा पाएका थिए । शिविरमा स्वास्थ्य सेवा पाएका मध्ये ३५ वटा गाईभैसीमा थुनेलो र ३९ वटा गाईभैसीमा वाँझोपनको समस्या देखिएको पशु सेवा शाखा खैरहनीका पशु स्वास्थ्य प्राविधिक राम भजन शाहले जानकारी दिए । 

स्वास्थ्य जाँच गराएका पशुपंक्षीलाई आवश्यकता अनुसार निशुल्क औषधी समेत वितरण गरिएको शाहले बताए । शिविरमा पशु डाक्टर विकास श्रेष्ठ, डाक्टर परशुराम फुयाँल, पशु सेवा शाखा खैरहनीका प्रमुख रुद्र कुमार श्रेष्ठ, पशु स्वास्थ्य प्राविधिक दिपचन्द्र घिमिरेसहित पारा भेटेरेनरी एसोसियसन खैरहनी नगर कमिटीका पशु स्वास्थ्य प्राविधिकहरुको टोलीले स्वास्थ्य जाँच गराएका थिए । 

null

खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीको प्रमुख आतिथ्यता तथा राधाकृष्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष श्यामचन्द्र रैलाको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *