हुरीपीडितलाई आधा महिनाको तलब दिने बाबुरामको घोषणा

 

चैत १९, काठमाडौँ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले हावाहुरी पीडितलाई १५ दिनको तलब दिने भएका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले व्यक्तिगत रूपमा प्रतिनिधिसभा सदस्य बापतको आफ्नो आधा महिनाको तलब हुरीपीडितलाई दिने घोषणा गरेका हुन् । 

null

उनले राहत र पुनसर््थापनाको निम्ति पार्टीका सबै सदस्यहरूले आ–आफ्नो हैसियत अनुसार आर्थिक सहयोग सिधै वा आआफ्नो कमिटी मार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन पनि आह्वान गरेका छन् । खातामा जम्मा भएको रकम एकमुष्ठ रुपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *