प्रधानमन्त्री ओलीसँगै बारा र पर्सातिर लागे गृहमन्त्री

 

चैत १८, काठमाडौँ । आइतबार साँझ हावाहुरीका कारण ठूूलो जनधनको क्षति व्यहोरेको बारा र पर्सा जिल्लाको निरिक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ मन्त्री झापाबाट हिँडेका छन् । 

गृहमन्त्री रामबहादुर थापा तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँगै सेनाको स्काइ ट्रकमा प्रधानमन्त्री ओली बारा तथा पर्साका लागि उडेका  हुन् । 

null

प्रधानमन्त्रीलाई लिन सेनाको स्काइ ट्रक भद्रपुर विमानस्थल आएको थियो । 

प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सूचना दिएर हुरी नआउने र यो प्रकृतिक प्रकोप भएकाले प्रकोप पीडितलाई सहयोग गर्न सबैलाई आग्रह गरे । 

आइतबार साँझ असीनापानी सहित आएको हावाहुरीका कारण बारा र पर्सामा गरी २७ जनाको मृत्यु भएको थियो भने ६ सय भन्दा बढी घाइते भएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *