६५ बर्षे बृद्ध गहुँको सिला खोजेर परिवार पाल्दै

बैशाख ८, विराटनगर । मोरङको रंगेली नगरपालिका ७ स्थित लवटोलीमा वसोवास गर्दे आईरहेका ६५ बर्षका लक्ष्मी मंण्डल एका बिहानै ५ बजे घरबाट एउटा बोरा बोकेर गहुँ खेत तिर लाग्छन् । घर परिवार धान्न खानलाउन कतैबाट जोह नभए पछि उनी सिला खोजेर आफ्नो परिवारको गुजारा चलाउन बाध्य छन् ।  

 

बिहानैदेखि उनले १० केजी सम्म गहुँको सिला खोजेर आफ्नो दैनिकी चलाउदै आएका छन् । अहिले तराईमा किसानहरुको गहुँ खेती भित्राउन भ्याई नभ्याई भईरहेको अवस्थामा लक्ष्मीले भने किसानले खेतमा छाडेको गहुँको एक एक बाला खोजेर जम्मा गर्ने गर्दछन् । 

null

घरको आर्थिक अवस्था नाजुक रहेकाले बिहान बेलुका हातमुख जोडनका लागि खेतमा गई गहुँको सिला खोज्ने गरेको लक्ष्मी ले बताए । चार सदस्य परिवार रहेता पनि आर्थिक अवस्था कमजोर भएको हुनाले १४ बर्षकै उमेरमा छोरी को विबाह गरिदिएको उनले बताए । 

 

अहिले उनको घरमा एक छोरा र श्रीमती छन जसले अपाङतावरण गरेका छन् । १० बर्षका छोराको खुट्टामा समस्या छ भने श्रीमतीको समेत खुट्टामा सामस्या छ । लक्ष्मीको समेत उच्चरक्तचापका कारण एक भागले राम्रोसँग काम गर्देन । 

यसैकारण उनी सानो र हलुका काम मात्रै गर्ने गर्दे आएका छन । बाली उठाउने सिजनदेखि बाहेक उनी दैनिक मजदुरी गरेर परिवारको पालन पोषण गर्दे आएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *